जापान

स्याङ्जा समाज जापान नागोयाले स्मारिका प्रकाशन गर्ने

नेपालको स्याङ्जा जिल्लाबाट जापानका विभिन्न क्षेत्रमा विविध पेशा, व्यवसाय तथा अध्ययनमा सक्रिउ नेपालीहरुको संस्था स्याङ्जा समाज जापानको क्षेत्रीय समिती नागोयाले स्मारिका प्रकाशन गर्ने भएको छ ।

समाजले “प्रवासी स्याङ्जाली” शीर्षकमा नेपाली नयाँ बर्ष २०७९ को अवसरमा प्रकाशन गर्ने तयारी थाल्दै रचना आह्वान समेत गरेको छ ।

गत मंगलबार बसेको समाजको नियमित बैठकले नेपाली नयाँ बर्षमा स्मारिका बिमोचन गर्ने हेतुले अध्यक्ष निशान रानाको सयोजकत्वमा कार्यबिभजन गरी प्रवासमा बस्ने नेपालीप्रति रचना आह्वान गरेको हो ।

एक अर्काको ज्ञान तथा अनुभव आदानप्रदान होस् भनी समाजले प्रकाशन गर्न लागेको यस स्मारिका जापानवासी वा प्रवासी नेपालीहरुका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।

उहाँले स्मारिका प्रकाशनमा जापानमा बसोबास गर्ने नेपाली समुदायको पूर्ण साथ र सहयोग रहने कुरामा पनि आफु विश्वाष्त रहेको जानकारी दिनुभयो ।

स्मारिकामा कविता, गजल हाइकु, सायरी, लघुकथा, आफ्ना अनुभव, लेख तथा अन्य विषयहरुलाई समेटिनेछ । इच्छुक ब्यक्तिले लेख तथा रचना आफ्नो परिचय खुल्ने गरी एक प्रति फोटोसहित पठाउन समाजका महासचिव मनोज ढुंगानाले अनुरोध गर्नु भएको छ ।

लेखरचना २०२२, फेब्रेवेरी २० सम्म ssjnagoya@gmail.com अथवा निसान राना ०८०-४५३१-०३९३ र राजेन्द्र लम्साल ०८०५१७०७०७० सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.