माघ १९ गते सोनाम ल्होसार : देशभर सार्वजनिक विदा
तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा भोलि माघ १९ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।गृह मन्त्रालयले सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
ल्होछार मनाउने समूदायमा “ल्हो” अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ ।
बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।
गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ ।
प्रतिक्रिया राख्नुहोस्