क्रिकेटखेल

कुशलको शतकसंगै फिलिपिन्सलाई २१९ रनको लक्ष्य

ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई विजयका लागि २१९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा २१८ रन बनाएको हो । नेपालका लागि सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । उनी १०४ रनमा अविजित रहे ।

कुशलसंगै आएका आसिफ शेख शून्यमा आउट भए भने कुशल मल्ल १२ रनमा आउट भए । नेपाललाई विशाल स्कोरतर्फ लैजाने क्रममा कुशलसंग दीपेन्द्रसिं ऐरीले विशाल साझेदारी गरे ।

कुशलले ६१ बलमा १०४ रन बनाए । त्यस क्रममा उनले १३ चौका र १ छक्का हिर्काए । त्यस्तै ४७ बलमा ८३ रन बनाएका दीपेन्द्र सिं ऐरीले ६ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि आएका लोकेश बमले ६ रन जोडे ।

टी २० मा नेपालका लागि शतक प्रहार गर्ने कुशल दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि यो कीर्तिमान पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो ।

पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.