राजनीति

माओवादीले जनयुद्धकालीन नीति लियो : डा. रिजाल

अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्रले १० वर्षे सशस्त्र यद्धकालको नीति जस्तो एकातिर चिच्याएर अर्कोतिर प्रहार गर्ने नीति अपनाएको आरोप लगाइएको छ ।

पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा माओवादीको नीतिबारे टिप्पणी गर्दै सो कुरा बाउनुएको हो ।

उहाँले भन्नुभयो द्वन्द्वका बेला उहाँहरु पूर्वमा सानो पटका पड्काएर पश्चिममा आक्रमण गर्नुहुन्थ्यो, अहिले त्यही प्रयास भइरहेको देखिन्छ ।

कांग्रेस र एमालेबीच कुनै सहकार्य नहोस् भनेर गठबन्धन दलहरूले योजना बनाइरहेको आरोप लगाउँदै डा. रिजालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जसरी पनि एमसीसी असफल बनाउने योजना बनाएको बताउनभयो ।

उहाँले भन्नुभयो सैद्धान्तिक छलफलका क्रममा कांग्रेस र एमालेबीच स्वच्छ लोकतान्त्रिक पद्धति निर्माण गर्ने सहमति नबनोस् भन्ने चाहेको देखिन्छ । सैद्धान्तिक छलफलका बेला कांग्रेस र एमालेबीचको पुलमा आगो लगाउने र दफावार छलफलका बेला अन्तिम आक्रमण गर्ने योजना उहाँहरूको छ ।

गठबन्धन दलहरूले गठबन्धनलाई केवल सत्तामा बस्ने र मन्त्री पद प्राप्तिको रुपमा मात्रै बुझेको आरोप लगाउँदै डा. रिजालले सरकारको एजेन्डालाई राष्ट्रघाती भनेर सरकारमै बसिरहन नमिल्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.