राजनीति

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्वित

एक शिक्षिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहनुभएका नेकपा (एमाले)का सांसद मोहन बानियाँलाई प्रतिनिधिसभाको आजको बैठकले सांसद पदबाट निलम्बन गरेको छ ।

आजको बैठकमा सभामुख सापकोटाले बलात्कार सम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा पर्नुभएकाले सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराउनुभयो ।

समानुपातिक सांसद बानियाँलाई जुम्लाकी एक महिलाले माघ १९ गते नेपालगन्जको एक होटलमा बलात्कार गरेको भन्दै सांसद माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको ७ दिनपछि अर्थात फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले बानियाँलाई फागुन ७ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.