जन सरोकार

रक्षक बन्नुपर्ने दाजु नै भक्षक बनेर बलात्कार गरेपछि

दाजुभाइलाई दिदी बहिनीको रक्षक र दिदी बहिनी दाजुभाइको दीर्घायूको उपासकका रुपमा अभ्यास गर्ने नेपाली समाज अब दाजूभाइ नै दिदी बहिनीका लागि त्रास बन्न थालेका छन् ।

यसै क्रममा बझाङमा आफ्नै नाालिग बहिनी बलात्कार आरोपमा एक दाजु पक्राउ परेका छन् । १९ वर्षीय दाजुलाई आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

समाचार अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएपछि अभियुक्तलाई पक्राउ गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.