उम्मेदवारी दिन गर्नुपर्नेछ यस्ता घोषणा (१९ बुँदासहित)
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि १९ बुँदाको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्ने र स्वघोषणाप्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको हो ।
प्रवक्ता शालिग्राम पौडेलका अनुसार बुधबार बसेको आयोग बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ ।
नयाँ व्यवस्था अनुसार नेपालको संविधानप्रति प्रतिबद्ध रहेको, स्थानीय तहमै मतदाता नामावली भएको, सरकारी स्रोतबाट पारिश्रमिक बुझ्ने कुनै लाभको पदमा नरहेको तथा कुनै तिरोतारो बाँकी नरहेको लगायतका रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्