राजनीति

केही समयपछि तलब र वृद्धभत्ता नपाए आश्चर्य नमान्नु होला : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाउँदै अबको केही समयपछि कर्मचारीले तलब र वृद्धवृद्धाले भत्ता नपाए आश्चर्य मान्नु नपर्ने र देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गर्नुभएको छ ।

आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लाग्दा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले अहिले अर्थतन्त्र श्रीलंका बन्न जाँदैछ गरेको र केही समयपछि तलब दिनसक्ने अवस्था नहुने, जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने त्यतिबेला अनौठो नमान्न सचेत पार्नुभयो ।

गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको बताउँदै ओली देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै गरेको चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.