पर्सापछि जनकपुरमा पनि कांग्रेसले तालमेल नगर्ने
नेपाली कांग्रेस पर्साले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय गरे लगत्तै जनकपुरमा तालमेल नगर्ने निर्णय गरिएको छ ।
समाचार अनुसार कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । साह अहिले जसपामा हुनुहुन्छ र उहाँलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ ।
कांग्रेसले २०७४ को निर्वाचनमा साहका प्रतिद्वन्द्वी मनोज साहले ११ हजार १६४ मत प्राप्त गर्नुभएको थियो । हाल जनकपुर नगर सभापति साह उपमहानगरपालिकाको २५ वटै वडाले पनि गठबन्धन गर्न नहुनेमा जोड् दिएको बताउनुभएको छ ।
आफूहरुका नेता विमलेन्द्र निधि, प्रदेशका मन्त्री रामसरोज यादव, जिल्ला सभापति योगनारायण पंजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव, दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको सभापति साहले बताउनुभयो ।
केन्द्रले गठबन्धन मान्न भन्दा आफूहरुले बहिष्कार गर्ने बताउँदै साहले यसमा सबै जना एकमत रहेको र कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने र अन्यथा नमान्ने प्रष्ट पार्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्