विश्व समाचार

भारतमा दैनिक दोब्बरले बढ्दै कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या दैनिक दोब्बरले वृद्धि हुन थालेको छ । त्यहाँ पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् ।त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.