राजनीति

स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार चयन गरेपछि बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो ।

यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.