जन सरोकार

कैलालीमा भीषण आगलागी, ६० घर जलेर नष्ट

कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिनुभयो । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ ।

आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी आएको बताउनुभयो ।

घटनास्थलतर्फ गइरहनुभएका प्रजिअ थापाले भन्नुभयो, ‘‘आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका छौँ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.