प्रबास

दक्षिण अफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

नेपालले दक्षिण अफ्रिकाका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ । प्रदान राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका छन् ।

दक्षिणअफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित एक संक्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिणअफ्रिकाले त्यहाँको मुद्रा १० हजार र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन् ।

उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई विपद्पीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

दक्षिणअफ्रिका गणतन्त्रको क्वाजुलु–नाताल, पूर्वी केप र उत्तर पश्चिम प्रान्तमा हालै आएको बाढीमा परी तीनसयभन्दा बढीको मृत्यु हुनाका साथै करोडौँको भौतिक क्षति भएको थियो ।

नेपालका भूकम्पपीडितलाई २०७२ मा दक्षिणअफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका अधिकारी तथा कर्मचारी, परोपकारी संस्थाले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.