कला/मनोरन्जनकलिउड

राजु लामाको विश्व कीर्तिमान, ६ हजार ५ सय ७४ मिटर उचाइमा कन्सर्ट

ख्यातिप्राप्त गायक राजु लामाले संसारको सबैभन्दा उच्च स्थानमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गरेर नयाँ कीर्तिमान बनाउनुभएको छ । लामाले सगरमाथाको क्याम्प ३ (६ हजार ५७४ मिटर) पुगेर मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाउनुभएको हो ।

यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व कीर्तिमान राख्नुभएको थियो ।

लामाले विश्व जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको बताउनुभयो ।

गिटार लिएर क्याम्प ३ पुग्नुभएका राजुले त्यहाँ सार्वजनिक नभैसकेको आफ्नो नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ गाउनुभएको थियो ।

सगरमाथा चुचुरोमा पुग्ने अभियानमा रहनुभएका राजु अहिले साउथ पोलमा शेर्पाहरुले बाटो बनाएपछि आफू त्यसतर्फ अघि बढ्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.