राजनीति

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख सहयोग दिइने

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा मृतकको परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.