राजनीति
डा. आरजुको अभिव्यक्तिको छानबिन गर्दै आयोग
केही दिनअघि सुदूरपश्चिम पुगेर नेपाली कांग्रेसले चुनाव हारे केन्द्रीय सरकारबाट पालिकामा पैसा पठाउँदैन, आफूले हारेको पालिकामा किन पैसा पठाउने भन्ने अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै निर्वाचन आयोगले छानबिन थालेको छ ।
राणाको अभिव्यक्तिबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको र सम्भव भएसम्म आइतबार नै स्पष्टीकरण सोध्ने बताइएको छ ।
राणाले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गर्दै कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह भन्नुभएको थियो ।
डडेलधुराबाट कैलालीमा आयोजित निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन समेत उहाँले दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्