मतदान अधिकृत नै कुटिएपछि सप्तरीका एक केन्द्रको मतदान स्थगित
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रको मतदान स्थगित भएको छ । त्यहाँ यही जठ १ गते मतदान हुनेछ ।
समाचार अनुसार डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो ।
निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते हुनुभएको छ ।
२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । घाइते यादवलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।
एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्