स्थानीयतह निर्वाचन
मनाङको नार्पाभूमिमा कांग्रेसका लामा विजयी
हिमाली जिल्ला मनाङको सदरमुकाम नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । सडक सञ्जालमा नजोडिएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ ।
उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।
सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया राख्नुहोस्