राजनीति

चुनाव जितेपछि सात तलामाथिबाटै चिन्दिन नभन्नु !

हरेक चुनावका बेला मतदातासंग निकट सम्बन्ध राख्नेहरु चुनाव जितेपछि वास्ता गर्दैनन् । उनीहरु आम मतदाताको भावना अनुसार नभएर आफ्नै वरपर भएकाहरुको डिजाइन अनुसार काम गर्दा असफल हुन्छन् । तैपनि जनता भोट हाल्न आतुर हुन्छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आउनुभएकी बुद्धिमाया श्रेष्ठले भन्नुभयो– “भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्” ।

७७ वर्षीया ७७ वर्षीया श्रेष्ठले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिनुभयो । जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोश पनि व्यक्त गर्नुभयो ।

यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उहाँको गुनासो थियो ।

जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाउनुभयो ।

वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गर्नुभयो । “मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उहाँले भन्नुभयो ।

वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौँ सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो, जसले जीते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस् उहाँले शुभकामना दिँदै भन्नुभयो ।

यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भन्नुभयो, “नेताको व्यवहार निर्वाचनअघिकै झैँ भए नगरको मुहार फेरिथ्यो ।”

मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उहाँले सो कुरा बताउनुभएको होे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.