राजनीति

जाँदाजाँदै मोदीको सन्देश : नेपाल बिना भारतको नामसमेत अधूरो हुन्छ

बुद्ध जयन्ती अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको नामसमेत अधूरो हुने बताउँदै आफू नेपालमा राजनीति गर्न नभएर छुट्टै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।

लुम्बिनी बसाईका क्रममा प्रधानमन्त्री मोदीले नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलमा सम्बोधन गर्नुहुँदै मोदीले नेपाल बिना भारतको नामसमेत अधूरो हुने बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण आफू नेपालमा राजनीति गर्न नभएर छुट्टै अनुभूति लिन आउने गरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर मायादेवी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको र नेपालका लुम्बिनी मात्र नभएर पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामजस्ता ऐतिहासिक धार्मिक स्थलले नेपाललाई संसारभर चिनाएको पनि

नेपालसँग भारतको सम्बन्ध अतुलनीय भएको बताउनुहुँदै उहाँले नेपाल सांस्कृतिक मात्र नभएर सगरमाथाको देश, दुनियाँको तीर्थ र मन्दिरको देशसँगै यो धार्मिक, सांस्कृतिक र सभ्यताको देश भएकाले लुम्बिनीजस्ता ऐतिहासिक क्षेत्रको विकासमा भारतले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले लुम्बिनी गौतम बुद्धसहितको मायाको चिनो प्रधानमन्त्री मोदीलाई प्रदान गर्नुभयो । छ घण्टा लुम्बिनीमा बिताउनु भएका मोदीले विभिन्न आधा दर्जन बढी कार्यक्रममा सहभागिता जनाउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.