स्थानीयतह निर्वाचन

कीर्तिपुर नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभएको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.