स्थानीयतह निर्वाचन
काठमाडौंमा राप्रपाको खाता खुल्यो, शङ्खरापुरमा नापित विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यकाको पालिकाहरुमा खाता खोलेको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा विजयी भएर खाता खोल्नुभएको हो ।
शङ्खरापुरमा नेपाली कांग्रैस र एकिकृत समाजवादीबीच गठबन्धन भएको थियो । तर राप्रपाले प्रमुखमा विजयी पाउँदा उमप्रमुखमा भने कांग्रेसकी समित श्रेष्ठ विजयी हुनुभएको छ भने समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्।
योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो । तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।
प्रतिक्रिया राख्नुहोस्