स्थानीयतह निर्वाचन

सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी

सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् । मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी हुनुभएको छ ।

आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गर्नुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी हुनुभएको छ । कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी हुनुभएको छ । उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाउनुभएको छ । मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.