स्थानीयतह निर्वाचन

भरतपुरमा मतान्तर बढाउँदै रेनु

भरतपुर महानगरपालिकामा प्रमुख पदका पाँचदलीय गठबन्धनका उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर १६ सयभन्दा बढी पुगेको छ ।

२७ हजार २६ मतगणना हुँदा दाहाले ९ हजार ८०१ मत पाउनभएको छ भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहनुभएको छ । त्यसै गरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाउनभएको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाउनुभएको छ ।

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.