जन सरोकार

सिंहदरबारमा रुखको हाँगा खसेर एक कर्मचारीको मृत्यु

बुधबार साँझ आएको हावाहुरीका कारण सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ।

समाचार अनुसार बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका ५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन्।

टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको र उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.