स्थानीयतह निर्वाचन

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता दोब्बर

स्थानीय तह निर्वाचन २०७९ मा केही अनपेक्षित नतिजाहरु आएका छन् । स्थापित र ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् र हुने क्रममा पनि छन् ।

यसै क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विपक्षीभन्दा झण्डै दोब्बर तले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म गणना भएको ४२ हजार २३० मतमा हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मत पाउनुभएको छ । हमालले यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो ।

मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.