स्थानीयतह निर्वाचन
ओलीको गृहनगरमा राप्रपाका थापा विजयी
झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी हुनुभएको छ । यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो ।
थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराउँदै नगरप्रमुखमा विजयी हुनुभएको हो । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाउनुभयो ।
यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्