स्थापित र सिर्जनाको ‘कोर क्षेत्र’मा पनि रोकिएनन् बालेन
काठमाडौं महानगरपालिका प्रमुख बनेर दशकौंदेखिको समस्या सजिलै समाधानगर्ने लक्ष्य र जनताले पत्याउने योजना बोकेर अघि बढेका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको गतिमा कुनै कमी आएको छैन ।

अहिलेसम्म गणना भएका क्षेत्रमा बालेनको अत्यधिक अग्रता महानगरको कोर क्षेत्र अर्थात् नेवारहरुको भित्री बस्ती)मा पुगेपछि रोकिने र आफू विजयी हुने दावी एमाले उम्मेद्वार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले गरे पनि त्यो गलत सावित भएको छ ।
काठमाडौंको पुरानो र भित्री बस्तीहरुको मतगणनामा स्थापित र सिर्जनाले तुलनात्मक रुपमा बढी मत पाए पनि पछिल्लो अपडेटले बालेनको गति रोकिने संकेत गरेको छैन ।
यो समाचार तयार पार्दासम्म बालेन २८ हजार २ सय ९२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेकपा एमालेका केशव स्थापितले १४ हजार ९ सय ८० रनेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १४ हजार ६ सय ५७ मत पाउनुभएको छ । उम्मेदवारबीचको मत भिन्नता १३ हजार भन्दा बढी रहेको छ ।
त्यसै गरी उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल लोकप्रिय मत पाउँदै अग्रस्थानमा हुनुहुन्छ । उहाँले २४ हजार ५ सय ९२ मत पाउनुभएको छ ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ५ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्