जन सरोकार

बालुवाटारमा गुञ्जियो- बलात्कारबिरुद्धको नारा

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो स्थानमा रहेकी एक युवतीले आठ वर्षपछि आफूमाथि बलात्कार भएको खलासा गरेपछि देश नै निर्वाचनमय भएका बेला वातावरण एकाएक तात्न पुगेको छ ।

ती युवतीले बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेपछि आज प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ ।

ती युवतीले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो स्थानमा आएपछि एक आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको खुलासा गरेकी थिइन् ।

उनले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै उनको समर्थन र बलात्कारको बिरोधमा बालुवाटारमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ ।

त्यसै गरी बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्ने लगायत माग गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.