हावाहुरीका कारण चितवनमा तीनजनाको मृत्यु
शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनमा अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो ।
![Typhon](https://www.nepaljapan.com/wp-content/uploads/2022/02/Typhon-e1653187968191.jpg)
भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरू ढल्ने गरेका कारणभित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्