थाहा छ कुवेती दिनार १ बराबर नेपाली ४०४ रुपैयाँ पर्छ
विश्वभर चल्ने साझा मुद्राका रुपमा अमेरिकी डलर रहेको छ । तर, अमेरिकी डरभन्दा २ सयभन्द्या बढी प्रतिशत शक्तिशाली मुद्रा एसियाली देशहरुको रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको विदेशी विनिमय दर अनुसार नेपालमा कारोबार हुने सबभन्दा महंगो मुद्रा कुवेती दिनार हो । मंगलबारको दर अनुसार १ कुवेती दिनार खरीद मूल्य ४०४ रुपैयाँ ३३ पैसा छ भने विक्री मूल्य ४०६ रुपैयाँ १६ पैसा छ ।
अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ्ग, जापानी येन, चिनियाँ युआन र अन्य जस्ता ठूला अर्थतन्त्रहरूलाई प्रतिनिधित्व गर्ने मुद्राहरूको विरुद्धमा कुवेती दिनार विश्वको विनिमय दरको शीर्षमा छ ।
दिनार संसारको सबैभन्दा महँगो मुद्रा भए पनि, स्थिर कुवेती अर्थतन्त्र विश्वव्यापी रूपमा सबैभन्दा ठूलो वा द्रुत बृद्धि भएको नभएकाले यसको ठूलो प्रभाव भने छैन ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३३ पैसा पुगेको छ । विश्व अर्थतन्त्रमा प्रचूर प्रभाव पार्ने अमेरिकी डलर भए पनि विश्वका शक्तिशाली मुद्रा भने कुवेती दिशार, बहराइन दिनार रहने गरेका छन् ।
मंगलबारको विनिमय दर अनुसार बहराइन दिनार एकको खरिददर ३२८ रूपैयाँ २० पैसा र बिक्रीदर मा ३२९ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।
प्रतिक्रिया राख्नुहोस्