राजनीति

गगनको प्रश्न- किसानले मल र बिरामीले सहजरुपमा उपचार पाउने वा नपाउने ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताउँदै किसानले मल, बिरामीले सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

गगन थापा

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताउनुभयो ।

उहाँले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पार्नुभयो । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद थापाको भनाइ छ । हरेक कुरालाई प्रमाणित गर्ने तरिकाले सरकार अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद थापाको भनाइ छ ।

सांसद थापाले काठमाडौँ उपत्यकाको फुटपाथ विस्तार, निर्माण, पुनःस्थापनालगायत विषयलाई सरकारले सङ्केत गरेकामा धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.