विश्व समाचार

मङ्कीपक्स २० देशमा फैलियो- उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

कोरोना भाइरस संक्रमणबाट आक्रान्त भएको विश्व विस्तारै पूर्ववत अवस्थामा फर्कन थालेका बेला नयाँ रोग देखापरेको छ । केही दिनयता देखिएको मङ्कीपक्स सङ्क्रमण विश्वका २० देशमा पुगेको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।

“हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्लुएचओका अधिकारीको भनाई छ ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.