अरु दल र माओवादीबीचको फरक मेटियो, पहिचानको संकट आयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले दरु राजनीतिक दल र माओवादीबीचको फरक मेटिएको बताउँदै माओवादीमा क्रमशः पहिचानको संकट आउन थालेको बताउनभएको छ ।
बुधबार स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले सो धारणा राख्नुभएको हो ।
त्यस क्रममा उहाँले माओवादी दस्तावेजहरुमा मात्र क्रान्तिकारी रहेको र झन् खराब हो कि भन्ने पर्न थालेको बताउँदै त्यसमा कुनै सत्यता नरहेको पनि दावी गर्नुभयो ।
उहाँले भन्नुभयो हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि वा कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो सत्य नभएको बताउनुभएको छ ।
यसै गरी प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ । उहाँले आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने पनि बताउनुभयो ।
तेस्रो शक्तिका रुपमा माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै उहाँले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान् ।’ राम्रो उद्देश्य राखेर एमालेसँग चुनावी तालमेलका साथै पार्टी एकता गरेको भए पनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गरेको उहाँले दावी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले अहिले कांग्रेसको त्यस्तै होला कि भन्ने डर पैदा भएको बताउँदै आफूहरुले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।
प्रतिक्रिया राख्नुहोस्