विगत दुई वर्षभन्दा बढी समयदेखि विश्वलाई तहसनहस बनाएको कोरोना भारस कोभिड १९ संक्रमण भएकाहरुमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने गरेको छ ।
संक्रमणमुक्त भएकाहरुमा जटिल किसिमका समस्या देखा परिरहेका बेला अहिले नयाँ तथ्य समेत फेला परेको छ । यो समस्या अझ डरलाग्दो देखिएको छ ।
पछिल्लो एक अध्ययन अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या देखिएको छ । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ ।
अध्ययनमा कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । यसअघि मानसिक तथा स्वास प्रश्वासमा समस्याहरु देखापर्ने गरेका थिए ।
सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्