राजनीति

‘सर्वजित’का लागि मन्त्री आलेको पाँच महिनाको तलब

दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने चलचित्र ‘सर्वजित’ निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो । चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गर्नुभएको हो ।

उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नुहुने छ ।

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.