जल/वातावरण

पृथ्वीमा भयावह स्थिति आउन नदिऊ

५ जुनका दिन प्रकृतिसँग सदभाव र दिगो जीवन भन्ने नाराका साथ विश्व वातावरण दिवस आज देशका बिभिन्न क्षेत्रमा बृक्षारोपण गरी विश्व वातावरण दिवस सम्पन्न भएको छ ।

यही अवसरमा साउथ एशियन टिम नामक संगठनले सार्क देश स्तरिय बृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाउदैछ भने नेपालमा मेची-महाकाली सफाइ अभियान लगायत बिभिन्न स्थानीय संस्थाहरुको सहभागीतामा सम्पन्न भएको छ ।

यसै बीच आज शंखमुलको सत्य साईराम पार्कको बाग्मती नदी किनारामा स्याउ, एभोकाडो, कपुर फूलका बिभिन्न प्रजाती लगायतका बिरुवा रोपिएका छन् । यस कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अभिनेता पुष्प खड्का कमेडीयन हिमेश पन्त लगाएको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै अभिनेता खड्काले एक रुख काटेपछि दश रुख रोप्नुपर्ने अपील समेत गरेका थिए । अब यूवा पिढीले वातावरण संरक्षणमा योगदान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा कमेडियन हिमेश पन्तले गुण्डाहरुलाई रुखमा झुण्डा भन्ने प्रचलन छ, यही रुख भएन भने कहाँ झुण्डाउने भन्दै ब्यग्य प्रहार गरेका थिए । हरेकले वातावरण संरक्षणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार र वडा नं ९ का सदस्य टेकराज अधिकारी लगाएत बाग्मती सफाई अभियानका अभियन्ताहरुको सहभागीता रहेको थियो ।

त्यस्तै साउथ एशियन टिमले हरेक वर्ष विश्व वातावरण दिवसलाई बृक्षारोपण गरी मनाउदै आएको छ । गत वर्ष नेपालले संयोजनको भूमिका गर्दै अभियन्ता चक्र बहादुर चन्दले देशब्यापी कार्यक्रम आयोजना गरेका थिए भने यो अभियानलाई वर्ष २०२२ को संयोजन भने भारतले गर्दैछ ।

भारतका समाजसेवी सुमन बस्नेतले वर्ष २०२२ को अभियानको संयोजन गर्दैछन् । बंगलादेश, भुटान, म्यान्मार र नेपालका बिभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम भैरहेको छ ।

वातावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाई निकै महत्व भएकाले यो जनचेतनामूलक कार्यक्रम समेत भएकोले हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सफल बनाउन लागिपरेको अभियन्ताहरुले बताए ।

अहिले पृथ्वीमा वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनका समस्याहरु देखा परिरहेका छन् । मानवजातिले समयमै यसबारे सचेत नभए पृथ्वीमा भयावह स्थिति आउनसक्ने भएकाले यसमा सबैजना सचेत हुनुपर्ने र वातावरण संरक्षणमा अहिलेदेखि नै लाग्नु पर्ने अपील समेत गरेका छन् । गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.