राजनीति

उपसभामुख चयनका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच उपसभामुख चयन, नागरिकता विधेयक लगायतका छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

यसबीच गृहमन्त्री बालकृष्ण खाणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०, सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ ।

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.