मनसुनको सुरुवातसंगै बाढी र पहिराको प्रकोप
यस वर्षको मनसुन भित्रिएसंगै देशका विभिन्न जिल्लामा बाढी र पहिरोको प्रकोप सुरु भएको छ । विभिन्न जिल्लामा का कारण जनधनको क्षति भएको छ ।
मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।
जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिराको जोखिममा परेका छन् ।
बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।
वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताउनुभयो ।
गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । साविक वडा नं ३ का अधिकांश घर जोखिममा रहेको, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरो खसेको उहाँले बताउनुभयो ।
पहिराका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग बिहीबार दिनभरि अवरुद्ध रह्यो । निरन्तरको प्रयासपछि बिहीबार साँझदेखि सडक खुलेको गलकोट नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिनुभयो ।
गलकोट–१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घर जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ ।
लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिनुभयो ।
आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।
अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।
लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ । बाढी र पहिराले १० घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिराले क्षति पु¥याएको प्रहरीले जनाएको छ । छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ । बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ ।
यसै गरी पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नं। २ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ । गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिमी बढेको हो ।
चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर बिक र शालिमा बिकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताउनुभयोे । करिव ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उहाँको को भनाइ थियो।
त्यस्तै लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिनुभयो ।
आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।
यसै गरी गत असारमा बाढीले पुल बगाएपछि मेलम्चीबाट इन्द्रावती, पाँचपोखरी, शिखरपुर, ज्यामिरे जानका लागि ह्यूमपाइप राखेर बनाइएको अस्थायी पुल गए रातिको वर्षापछि आएको बाढीले क्षति पुर्याएको छ ।
आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले क्षति पुर्याएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्