राजनीति

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो । पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो ।

सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फरार भएका छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.