जन सरोकार
मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का
राजधानी काठमाडौं उपत्यकामा मध्यरातमा भूकम्प गएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो । यो गोरखा भूकम्पकै पराकम्पन रहेको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।
प्रतिक्रिया राख्नुहोस्