जन सरोकार
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुईजना पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्