राजनीति

सरकार जुट्यो संघीय र प्रदेशसभाको चुनावमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संघीय संसद र प्रदेशसभाको निर्वाचनमा जुटेको जानकारी प्राप्त भएको छ । निर्वाचन आयोगले यसैका लागि मतदाता नामाली संकलन थालेको छ ।

यसबीचमा सत्ता गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको जानकारी दिनुभएको छ ।

सोबबार बर्दियामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्थानीय चुनावजस्तै एकै चरणमा संघीय संसद र प्रदेशसभाको चुनाव गर्ने तयारी रहेको बताउनुभएको हो ।

उहाँले कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय संसद र प्रदेश सभा चुनाव हुने भएकोले तयारी नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको तर सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.