अर्थसेयर बजार

नेप्से परिसूचकमा जारी पहिरो रोकिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तैदेखि ओरालो लागेको नेप्से परिसूचक थामिने कुनै लक्षण देखाएको छैन । बजारले ‘बियरिस टे«ण्ड’ समातिरहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १२.६, व्यापार ३०.८२, होटल तथा पर्यटन ४७.५, विकास बैंक १२४.१२, जलविद्युत् ८७.४७, वित्त ५१.७३, निर्जीवन बीमा १५४.८३, उत्पादन ३२.१८, अन्य ५३.६९, लघुवित्त ६५.०२, जीवन बीमा १२२.६८, सामूहिक लगानी कोष ०.४५ र लगानी १.४३ अङ्कले ओरालो लागेका छन् ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३४३ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु १० करोड २९ लाख ८९ हजार ७६१ बराबरको कारोबार भयो । यस्तै एनसिसी बैंक रु पाँच करोड ६४ लाख ६३ हजार ८८५, सेञ्चुरी बैंक रु चार करोड ८२ लाख २८ हजार, नवील बैंक रु चार करोड सात लाख ३९ हजार ३८२ र एनआइसी एशिया बैंक रु चीन करोड २४ लाख १४ हजार ३९० बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्रभु लाइफ ४.०५, सिवाइसी नेपाल लघुवित्त ४.०२, राष्ट्र उत्थान लघुवित्त २.१५ र इमर्जिङ नेपालका लगानीकर्ताले २.०१ प्रतिशतले उकालो लाग्यो ।

त्यस्तै रिभर फल्स पावर ९.५६, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक ७.६८, माउण्टेन हाइड्रो नेपाल ७.३३ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.२४ प्रतिशतले गुमाए ।

लगानीकर्ताको माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिर

नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ ।

धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ ।

बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.