जन सरोकार

सिसडोलमा रङ्गशाला बनाउने ‘बालेन’ योजना

विदेशमा फोहरमैला बिर्सन गरिएका स्थान भरिएपछि त्यहाँ सुन्दर पार्क तथा रंगशालाहरु निर्माण हुने गरेका छन् । तर, नेपालमा भने ती स्थान नर्कसमान भएर रोगव्याधीको स्रोत बनिरहेका छन् ।

यस क्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने योजना बनाइरहनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ ।

यसै गरी साहले महानगरभित्र रहेका खुला स्थान तथा पार्कहरुमा प्ल्ड लाइट जडान गरी रातिको समयमा खेल्न सकिने बनाउने योजना रहेको पनि बताउनुभएको छ ।

सोमबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख साहले यस्तो बताउनुभएको हो ।

कुराकानीका क्रममा उहाँले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको पनि बताउनुभएको छ ।

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.