जन सरोकार

काठमाडौका नदी किनारबाट यात्रा गर्दा शतर्क हुन आग्रह

काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै यहाँका नदीहरूमा पानीको सतह बढेको छ । बिहिबार रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि शतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको सतह बढेका कारण यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

विभागले काठमाडौंमा बिहिबार रातिदेखि नै वर्षा भइरहेको रपछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको पनि जनाएको छ ।

विभागका अनुसा हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.