राजनीति

वामदेवको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा

नेपाली वामपन्थी आन्दोलनका अग्रज नेता वामदेव गौतमले नयाँ पार्टी स्थापना गर्नुभएको छ । तत्कालीन नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य समेत रहनुभएका गौतमले आज नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्नुभएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुहुँदै नेता गौतमले नेपालका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताउनुभएको छ ।

गौतमले आफ्नो साथमा दर्ता भएका चार, पाँच वटा र खाली रहेका अन्य दलको साथ, समर्थन रहेको भन्नुहुँदै एकता अभियानमा यी सबै दलको संलग्नता रहेको पनि बताउनुभयो।

पत्रकार सम्मेलनमाा गौतमले भन्नुभयो निरंकुशताविरुद्ध कांग्रेससँग मिलेर संघर्ष गर्यौं। एमालेबाट संघर्ष सञ्चालन गर्दा म एमालेको प्रमुख हुने गर्दथेँ । त्यो परिवर्तनको जग हामीले हालेका हौं । म ७३ वर्षको मानिस, कति समय बाँच्छु। तर, त्यो आन्दोलन कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ ।”

उहाँले गएको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्ति भएको र अब पनि कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्न नसके आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभयो। त्यसपछि कांग्रेसलाई गठबन्धनको आवश्यकता नपर्ने भन्नुहुँदै उहाँले त्यसका लागि अहिलेको स्थिति परिवर्तन हुनुपर्ने प्रष्ट पार्नुभयो।

नेकपा एकता राष्ट्रिय एकताको यसअघि पनि बैठक बसेको भन्नुहुँदै उहाँले कम्युनिष्ट पार्टभित्र शत्रुतापूर्ण सम्बन्धबाट मित्रतापूर्ण सम्बन्ध निर्माण गर्ने मुख्य उद्देश्य रहेको पुनः दोहोर्‍याउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.