काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । यतिबेला हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।
गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले हैजा देखिएको अन्य भने उपचारपश्चात् घरफर्कनु भएको र हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि आइसियूमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्