राष्ट्रपतिद्वारा मन्त्रिमण्डल पुनर्गठन, जसपाका तीन नयाँ मन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दलीय गठबन्धनको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएसंगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम
राष्ट्रपतिबाट नियुक्त नयाँ मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्र सिंह रहनुभएको छ ।
यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार नवनियुक्त मन्त्रीहरुले ३ बजेपछि शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्