जन सरोकार

काठमाडौं महानगरमा फोहर उठाउन थप जनशक्ति परिचालन

फोहर मैला व्यवस्थापनमा ठूलो चुनौति भोगिरहेको काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १ सय १५० जना जनशक्ति परिचालन गरेको छ ।

वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ ।

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्नुहुन्छ, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ ।

रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ । यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.